CO-OPERATIVE NEWS

 

नेफ्स्कूनको फिल्ड कार्यालय प्रति हाम्रो ê

२०७२०४१९
 रामशरण घिमिरे,अध्यक्ष, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघरामशरण घिमिरे युवा सहकारीकर्मी हुन । उनी सहकारीमार्फत मुलुकको विकास र प्रबद्र्धनमा केही गरौं भन्ने सोचका साथ लागेका हुन । मकवानपुर जिल्ला सुकौरामा जन्मिएका घिमिरे हाल ललितपुर देवीचौरका स्थानीय बासिन्दा हुन् । सहकारी अभियानमा प्रवेश गरेको छोटो अवधिमा फरक पहिचान बनाउन सफल भएका उनी माघ ४ गते सम्पन्न ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २० औं साधारणसभाबाट पुन: अध्यक्ष पदमा निर्वाचित भएका छन् । सहकारी आन्दोलनको समसामयिक सन्दर्भ सहित ललितपुर जिल्लाको सहकारी अभियान र संघको आगामी कार्ययोजनाका बारेमा सहकारीखबर डटकमका कार्याकारी सम्पादक काजी श्रेष्ठले गरेको कुराकानी ।ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघमा दोस्रो पटक जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ, आगामी दिनमा संघलाई अगाडी बढाउने एजेन्डा के के हुन ?विक्रम संवत २०६८ सालमा चुनाव लड्दा त्यतिखेर म सहकारी क्षेत्रमा भर्खर चिनिएको थिएँ । त्यसबेलाका सहकारीकर्मीमाझ म नेतृत्व गर्छु भन्दा प्रतिनिधि साथीहरूले भर्खरको युवा देखिनुहुन्छ, तपाइँ काम गर्न सक्नुहुन्छ ? भनेर प्रश्न गरेका थिए । मैले काम गर्न मौका दिनुस् । काम गर्न सक्छु सक्दीन मेरो काममा भर पर्छ । त्यसपछि तपाईहरु मुल्याङ्कन गर्नुहोला भनेको थिएँ । जिल्लाको सहकारी अभियानलाई साँच्चीकै नमुना जिल्लाको रुपमा लैजाने मेरो लक्ष्य र उद्देश्य थियो । त्यहि कुरा मैले त्यहाँ प्रण गरेको थिएँ । नभन्दै ढेड वर्ष भित्र राष्ट्रिय पुरस्कार पाउन हामी सफल भयौँ । पक्कै पनि त्यसैको श्रेयले होला पहिला केही गर्छ कि भनेर चुनाव जिताउनुभयो । यसपटक केही काम गरेको आधारमा मतदान गरेर जिताउनु भयो । त्यसका लागि सम्पूर्ण सहकारीका प्रतिनिधिलाई धन्यवाद दिन चाहन्छु । उहाँहरूको जुन सोच, सपना छ, जिल्लाको सहकारी अभियानलाई एउटा उचाइमा पुर्याउनु पर्छ भन्ने । सहकारीमा देखिएका बिकृति र विसङ्गतीलाई हटाउनु पर्छ भन्ने । हामी सहकारी पद्धती र अभियान मार्फत एउटा समुन्नत समाज निमार्ण गर्नुपर्छ भनेर उद्देश्य लिएर अगाडि बढेका छौं । त्यसलाई निष्कर्शमा पुर्याउने लक्ष्य लिएका छौं । उहाँहरूको भावनालाई सम्मान गर्दै जिल्लाको सहकारी अभियानलाई एउटा उचाइमा लैजाने मेरो सोच छ । सबैको साथ र सहयोगले हामी लक्ष्यमा पुग्न सक्छौं भन्ने अपेक्षा लिएका छौं ।अहिले ललितपुर जिल्ला सहकारी अभियानमा उदाहरणीय जिल्लाको रुपमा उदायको छ । अझै धेरै काम गर्नुपर्ने छ । जिल्ला भित्र रहेका सहकारीका समस्या, चुनौती र अवसरलाई नजिकबाट नियान्ले प्रयत्न गरेका छौं । पक्कै पनि सबैको साथ र सहयोगले एउटा उदाहरीणीय जिल्ला बनाउने हाम्रो लक्ष्य सफल हुनेछ ।उदाहरणीय संघ बनाउन ठोस योजना के छन् ?चुनावी मैदानमा हामीले २० बुदें घोषणापत्र जारी गरेका थियौं । तीं घोषणापत्रमा जिल्लाको सहकारी अभियानलाई र सहकारीकर्मीलाई कसरी व्यवसायिक बनाउने, समस्यालाई कसरी समाधान गर्ने, अन्तरलगानीलाई कसरी प्रभावकारी बनाउने, शिक्षा, तालिम र सूचनालाई कसरी अगाडि बढाउने र परिणाममुखी बनाउने सन्दर्भमा घोषणापत्र जारी भएको थियो । त्यो घोषणापत्रलाई कार्यान्वयनमा ल्याउन सम्पूर्ण सहकारीकर्मीलाई आग्रह पनि गरेका छौं । उहाँहरूको साथ र सहयोगले कार्यान्वयनमा आउँछ । हामीले अन्तरलगानी, नीति नियमका कुरालाई जोड दिएका छौं । दिएको शिक्षा, तालिम प्रभावकारी भयो कि भएन भनेर बुझ्नका लागि अनुगमन गरिरहेका छौं । समयसापेक्ष दिएको तालिम कत्तिको प्रभावकारी भयो भनेर सम्बन्धित संस्थामा गएर अनुगमन गर्ने गरेका छौं । अनुगमनले उहाँहरूको सहकारी संस्थामा टेक्निकली समस्या भएको छ कि ? ट्रयाकभन्दा बाहिर गएको छ कि ? गएको छ भने त्यसलाई सही ठाउँमा ल्याउने काम हामी गर्छौं र गरिरहेका छौं ।सहकारीमा शिक्षा, तालिम र सूचनाको अभाव भएको तपार्इँले नै भनिहाल्नु भयो । त्यसैले पनि सहकारीमा समस्या भएको भन्ने छ । यसमा जिल्ला संघले कत्तिको ध्यान दिएको छ ?संघ मार्फत हामीले विभिन्न विषयका तालिम दिंदै आएका छौं । सहकारी शिक्षा तालिम, सहकारी व्यवस्थापन, कर्जा व्यवस्थापन, अनुगमन तालिम लगायतका विभिन्न तालिम सदस्य संस्थालाई दिदै आएका छौं । हामीले दिएको तालिमको प्रभावकारीता कस्तो छ । हामीले विभिन्न राष्ट्रिय स्ततरका प्रशिक्षक ल्याएर तालिम दिन्छौं । तालिम दिइसकेपछि फिडव्याक फर्म भराउँछौं । तालिम प्रभावकारी भयो भएन भनेर संस्थाको अनुगमन गर्छौ । त्यसो गर्न सके मात्र तालिमको औपचारिक पुष्टी हुँदो रहेछ । सहकारीलाई सही ढंगबाट संचालकले बुझ्न नसक्नु र सदस्यलाई बुझाउन नसक्दा समस्या आएको हो । सदस्यलाई पनि सहकारीबारेमा बुझाउनु पर्यो । संचालक, लेखा समिति, लेखा परीक्षक र कर्मचारी सबैले प्रतिवद्ध भएर आ आफ्नो भूमिका बुझिदिने हो भने सहकारीमा समस्या आउँदैन । यो अभियानमा हामी लागिरहेका छौं ।सरकारले देशभर एक सय ३० वटा सहकारी संस्था समस्याग्रस्त भनेर ठहर गरेको छ । समस्या आउनुको कारण के हो ? विशेष गरी अहिले चर्चामा आएका भनेका ओरेन्टियन र गुण हुन् । मैले यस विषयमा धेरै अध्ययन गरें । मैले दुई वटा समस्या देखें । साँच्चै सहकारीका सदस्यले आफ्नो आर्थिक भरोषाको केन्द्रबिन्दुमा रहेको सहकारीमा सही रूपमा आफ्नो भूमिका निर्वाह गरिदिनु भएन । आफूले जम्मा गरेको रकम राख्ने निकायमा आफू चनाखो हुनुपर्ने हो । संस्थाले साधारणसभा गरेको छ कि छैन, लगानी कस्तो ठाउँमा गरेको छ, अनुत्पादक क्षेत्रमा लगानी गरेको छ कि ? संचालकहरूले गलत ढंगबाट संचालन गरेका छन् कि ? संचालक समितिका जिम्मेवार व्यक्तिले भगेनी संस्था खोलेका छन् या छैनन् ? भनेर उहाँले बुझीदिनु भएन । सदस्यले नै चासो नदेखाएको पाइयो । लेखा समितिले पनि आफ्नो भूमिका निर्वाह नगरेको देखियो । संचालक समिति र सदस्यले आफ्नो भूमिका र जिम्मेवारी सही ढंगले नगरेका कारण आज यो समस्या देखिएको हो । जिम्मेवारी र भूमिका दायित्वबोध गर्नकालागि हामीले त्यस्ता कार्यक्रम गर्न जरुरी देखेका छौं ।अन्य सहकारीमा समस्या आउन नदिन के गर्न सकिन्छ ?त्यसका लागि ५ वटा कुरा अघि सारेका छौं । पहिलो सदस्यहरू संस्थाप्रति प्रतिवद्ध हुनुपयो ।सहकारीका संचालक प्रतिवद्ध हुनुपर्यो । जिम्मेवारी र कर्तव्य बोध गरिदिनु पर्यो । प्रतिवद्ध लेखा समिति हुनुपर्यो । सहकारीभित्र भएका आर्थिक र प्रसाशनिक गतिविधि साधारणसभामा पारदर्शी ढंगबाट ल्याइदिनु पर्यो । लेखापरिक्षकले पनि प्रतिवद्ध भएर आफ्नो भूमिका निर्वाह गर्नुपर्यो । व्यवस्थापक र कर्मचारीले पनि प्रतिवद्ध भएर काम गरेमा सहकारीमा कुनै किसिमका समस्या आउदैंनन् । म आफैले तालिम दिंदा पनि यी पाँच कुरालाई जोड दिन्छु । यीं पाँच तत्वलाई हामीले बोध गर्न सकेमात्र असल सहकारी बनाउन सकिन्छ । यो नै सहकारी सफलताको कसी र कडी हो ।सहकारीमा समस्या आउनुमा कसको कमजोरी देख्नुहुन्छ ? समस्याग्रस्त सहकारीको समस्या समाधान कसरी गर्न सकिन्छ ?हाल भईरहेको समस्याको मुख्य दोषी राष्ट्रिय सहकारी संघ, नेफ्स्कून, मन्त्रालय, विभाग, डिभिजन हो । माथि उल्लेख गरिएका पाँच कुरालाई ध्यान दिनु पर्छ । बैंक तथा वित्तिय संस्थामा नागरिकको पहुँच १५ देखि १७ प्रतिशत मात्र छ । अन्य नागरिकको पहुँच सहकारीकामा छ । सहकारीलाई सही ढंगबाट व्यवस्थापन गर्न सहकारी अभियान र राज्य गम्भिर हुनुपर्छ । अब गम्भिर भइएन भने मुलुकको गरीबी निवारणमा, उत्पादन, उद्यमशिलताको विकासमा सहकारीले खेलेको भूमिकालाई दीगो बनाउन सकिँदैन यसलाई मनन गरेर व्यवस्थित गर्नतिर हामी लाग्यौं भने यो मुलुक अभावरहित र भयमुक्त समाजको परिकल्पना साकार पार्न सकिन्छ । हामी परनिर्भर हुनुपर्दैन, आत्मनिभर बन्न सक्छौं । सबैले आ आफ्नो तह र तप्काबाट भूमिका निर्वाह गर्ने र राज्यले पनि यसलाई इनिसेसन लिनुपर्छ । अहिले राज्यले इनिसेसन लिएको अवस्था छैन । उदाहरणीय काम सहकारीले गरिरहेकोछ विडम्बना यसैलाई नियन्त्रण गर्न राज्य लाग्छ । यसले त समृद्धि होइन रुदावस्था हुन्छ । यसमा राज्यले पनि भूमिका निर्वाह गर्नपर्छ ।सहकारी ऐन परिमार्जितको तयारीमै छ । लामो समय बित्दा पनि अझै परिमार्जन हुन सकेको छैन । दुईतीन पटक मस्यौदा बुझाउँदा पनि पूर्ण भैसकेको छैन । यस्तो किन ?हिजो आठ सय ३० वटा संस्थालाई हेरेर ऐन बनाइएको थियो । अहिले ऐन आउने संघारमा छ । जिल्ला संघ, विषयगत संघ मिलेर विकास वोर्ड मार्फत ऐनको मस्यौदा गइसकेको अवस्था छ । सहकारी आन्दोल र यसलाई व्यवस्थित गर्नका निमित्त, मुलुकको आर्थिक समृृद्धिका निमित्त सहकारीमैत्री ऐनको अपेक्षा गरेर पेश गरेका छौंं । अहिले अर्थ समितिमा पुगेको छ । सहकारी क्षेत्रको विकास, प्रवद्र्धन र सम्बद्र्धन हुने गरी, आर्थिक समृद्धि हुने गरी, गरीबी निवारण हुने गरी, यस क्षेत्रलाई व्यवस्थित पार्नुपर्छ भन्ने हिसाबले ऐन पेश गरेका छौं । हामीले सोचे अनुरूपको ऐन आउँने विश्वास छ । त्यसो भएन भने सहकारी क्षेत्र आन्दोलनमा उत्रने अवस्था आउन सक्छ ।बचत संघले अन्तरलगानी कार्यक्रम गरीरहेको छ । संघको अभिभावक निकाय नेफ्स्कूनले संघलाई वेवास्ता गरी फिल्ड कार्यालय खोलेर अन्तरलगानी गर्दै आएको छ । बचत संघ हुँदाहुँदै फिल्ड कार्यालय खोल्नु आवश्यक थियो ?अन्तराष्ट्रिय अभ्यास के छ भने बचत तथा ऋण सहकारी संघ जिल्ला स्तरिय सहकारी बैंक हो । बचत संघ सहकारी क्षेत्रको विकास, प्रवद्र्धन र संवद्र्धन, नीति निमार्ण तहमा लविङ गर्ने र संगै सदस्य संस्थालाई आर्थिक सेवा दिने निकाय हो । हाम्रो विनियममा उल्लेख छ । बचत तथा ऋणको कारोबार गर्ने भनेर । सम्पूर्ण सदस्य संस्थालाई वित्तिय सेवा दिनुपर्ने र दिइरहेको अवस्था पनि छ । यस्तो गतिविधि र राम्रो काम गरेको अवस्थामा पनि नेफ्स्कूनले पनि यहाँको आवश्यकता के हो भनेर महशुस नगरी सुटुक्क फिल्ड कार्यालय खोलेको छ । यसमा हाम्रो गम्भिर ध्यानर्कषण भएको छ । पक्कै पनि उहाँहरु कसरी राख्नु भयो त्यो त थाहा भएन । सदस्य संस्थालाई हामीले वित्तिय सेवा दिइरहेको अवस्थामा फिल्ड कार्यालय खोल्नु उपयुक्त हुरा होइन । नेफ्स्कूनले आफ्ना माताहतका सदस्य संघ संस्थालाई नियमन, अनुगमन, सुसाशन, नेतृत्व विकास गर्न लाग्नु पर्ने ठाँउमा व्यवसायिक ढंगले लागेको छ । सम्पूर्ण सदस्य संस्थालाई वित्तिय सेवा र सुविधा हामी दिन्छौं । अबको ३ वर्ष भित्र अन्तरलगानी कार्यक्रमलाई ५० करोड पुर्याउने लक्ष्य लिएका छौं । पक्कै पनि हामी सफल हुने छौं ।त्यसो हो भने त नेफ्स्कूनले बचत संघलाई बेवास्ता गरेको देखियो नि त ?ललितपुर बचत संघलाई नेफ्स्कून स्वंयमले उत्कृष्ठ संघको अवार्ड दिएको हो । अनि राम्रो संघ पनि भन्ने, अनि त्यहि संघले राम्रा गतिविधि संचालन गरीरहँदा अर्को कार्यालय खोल्नु जरुरी थियो ? हामीलाई कुनै पनि पत्र आएको थिएन । कोही कतै बाट प्रयोग भएर काम भएको हो । जुन सोच र अपेक्षा लिएर उहाँहरुले स्थापना गर्न भएको हो त्यसमा हाम्रो सहमती छैन । हामी स्वंयमले नै अन्तरलगानी कार्यक्रम गर्दै आएका थियौं । हामी संग नै समन्वय गरेर गर्ने अवस्था रहन्थ्यो । उहाँहरुले कसरी गर्नु भयो, उहाँहरुले नै बुझ्ने विषय हो ।सहकारीमा राजनीति गर्नु हुदैंन भन्दै सहकारीकर्मीहरु भाषण गर्छन । तर कुनै संघको चुनाव आयो भने राजनीतिक दलको प्यान बन्छ । यसलाई कसरी लिनु भएको छ ?मैले नै नेतृत्व गरेर २०६२ सालमा प्रारम्भिक संस्था स्थापना गर्यौं । सहकारी सदस्यलाई व्यवसायिक बनाउने निकाय हो । मैले सुरुमै सहकारीलाई रााजनीति कलर दिनु हुँदैन भनेर रटान लिएको मान्छे पछिल्लो समयमा सहकारी बैंक, संघ, नेफ्स्कूनमा राजनीतिकरण भएको छ । यति भएको छ कि पार्टी कार्यालयबाट टिकट ल्याएर चुनाव उठ्ने अवस्था छ । यो दुर्भाग्य हो । बचत संघ लतितपुरको कुरा गर्नु हुन्छ भने होला अरु साथीहरुले के के भने त्यो मलाई थाहा भएन । म जुन जुन संस्थामा गँए, प्रतिनिधिसाथीहरुलाई भने, अग्रज सहकारीकर्मीहरुले पनि भेटेर भने कि तपाई कुन पार्टीको मान्छे ? मैले भने, सहकारीको विकास, प्रवद्र्धनमा सम्लित भएर आएको हुँ । होला मेरा आस्था कहि कतै हुन सक्छ । तर सहकारीमा राजनीतिक कलर दिनु हुदैंन । राजनीतिक हिसाबले हेरीनु हुँदैन । ललितपुर जिल्लाको हिसाबमा मैले कहिल्यै पनि राजनीतिक हिसाबले हेरिन । र हेर्दा पनि हेर्दिन, यो प्रण पनि गर्छु । केही साथीहरु राजनीतिबाट बढी प्रभावित भएका हुन भन्ने मलाई लाग्छ । यो सहकारीमा राम्रो पक्ष होइन । राजनीतिकरण गर्दै जाने हो भने जुन सोच र लक्ष्य लिए आमी अगाडी बढेका छौं त्यो सफल हुदैन ।अन्त्यमा केही ?सहकारी क्षेत्रलाई व्यवस्थित गर्न जरुरी छ । सही ढंगबाट अगाडी बढाउनु जरुरी छ । राजनीतिककरण नभई व्यवसायिक रुपमा लैजानु पर्छ । सम्पूर्ण सदस्यहरुलाई व्यवसायिक बनाउनु पर्छ । आर्थिक समृद्धि बनाउनु पर्छ । यसका निमित्त सम्पूर्ण निकायको ऐकेबद्धता हुनु आवश्यक छ । सबै निकाय सहि ढंगबाट लाग्ने हो भने नेपालको सहकारी आन्दोलनले सहि बाटो लिन्छ । उत्पादनको बृद्धि, रोजगारी सृजना, गरीबी निवाण हुन्छ । साँच्चै महिला, युवा सक्षम हुन्छन् । अभाव र भय मुक्त समाजको हामी कल्पना सँकु जतिखेर सहकारी अभियान एउटा उचाईमा पुग्छ ।


ठग्ने सहकारीलाई चिन्नुस् !

२०७२०४१९
 सहकारी डिभिजन कार्यालय ललितपुरका वरिष्ठ सहकारी अधिकृत तथा प्रमुख रामहरि लामिछाने भन्छन्, ठग्ने मानसिकताले खुलेका सहकारीहरुलाई डिभिजन कार्यालयको मूल्याकंन र निरिक्षणमा केही प्रभाव नपार्ने बताउँछन् । केही सहकारी संस्थाहरु ठग्ने मनासायले नै स्थापना हुन्छन् । केही डुब्दै गएपछि निक्षेप फिर्ता नगरी पलायन हुने गरेको लामिछाने बताउँछन् । यी नै विविध सन्दर्भमा रहेर लामिछानेसँगअनलाइन पत्रिकाले गरेको सहकारी संवाद ।ललितपुरका सहकारी संस्थाहरुको अवस्था कस्तो छ ?समग्ररुपमा भन्ने हो भने ललितपुरका सहकारी संस्थाको अवस्था राम्रै छ । कतिपय सहकारी संस्था समुदायमा आधारित भई सञ्चालनमा रहेका छन् । यिनीहरुको अवस्था राम्रै छ । ललितपुरको दक्षिण क्षेत्रको ग्रामीण भेगमा सञ्चालनमा रहेका सहकारी संस्थापनि राम्रै अवस्थामा सञ्चालन भइरहेका छन् । केही नगन्य सहकारी संस्थाहरुले सहकारी ऐन, नियम, मापदण्डको परिपालन नगरी सञ्चालनमा रहेकोले केही समस्या आएको पाइन्छ ।हाल ललितपुरमा कति सहकारी संस्था सञ्चालनमा छन् ?हाल ललितपुरमा १ हजार १ सय ४८ वटा सहकारी संस्था दर्ता भएका छन् । ती संस्थाहरुमा बचत तथा ऋण बहुउद्देश्यीय कृषि, फलफूल तथा तरकारी, मौरी, पर्यटन, उपभोक्ता, दुग्ध, चिया र कफी सहकारी संस्था सञ्चालनमा रहेका छन् ।सहकारीको ठग्ने प्रवृत्ति रोक्न डिभिजन सहकारी कार्यालयको कस्तो भूमिका रहन्छ ?सहकारीमा ठग्ने प्रवृत्तिहरु केही समस्याग्रस्त सहकारी संस्था र अन्य केहीमा रहेको पाइन्छ । सहकारी ऐन, नियम र मापदण्ड साथै सहकारी विभाग र डिभिजन सहकारी कार्यालय ललितपुरबाट बेलाबेलामा दिएका निर्देशनहरु पालना नगरी कार्यक्षेत्र बाहिर र प्रक्रिया पुरा नगरी सञ्चालन गरेका केही संस्थाहरुले ठग्ने प्रवृत्ति पनि देखिएको छ । कतिपय ठग्ने प्रवृत्तिका व्यक्तिहरु डिभिजन सहकारी कार्यालयमा नआउने गरेका र आएका व्यक्तिहरुलाई सम्बन्धित सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारी र निजहरुलाई राखी छलफल गराउने संस्थालाई पत्राचार गर्ने र जिल्ला प्रशासन कार्यालय र प्रहरीकहाँ समेत पत्राचार गरी समस्या समाधान गर्ने काम डिभिजन सहकारीले गरिरहेको छ । कतिपय ठग्ने प्रवृत्तिका समस्याहरुको अदालतमा समेत मुद्दा हाल्ने गरिएको छ । अधिकांश कार्यालयको समय यस्तै गुनासाहरु सुनुवाइ र फछ्र्यौटमा वित्छ ।सहकारी डिभिजन कार्यालयले नियमित अनुगमन र निरिक्षण गर्न नसक्दा ठग्ने समस्या बढेको हो ?ठग्ने प्रवृत्ति बढ्नुमा डिभिजनको नियमित अनुगमन र निरिक्षणले केही फरक पार्दैन । किनकी यस्ता संस्थाहरुका सञ्चालक समितिहरु लामो समयसम्म त्यहीँ रहनु, सञ्चालक समितिका अध्यक्षलगायतले आफ्ना मान्छेहरुलाई पर्याप्त धितो नलिई सिमा भन्दा ठूलो रकम ऋण प्रवाह गर्नु, ऋण उठाउन चासो नदिनु, जोखिम कोषको व्यवस्था नगर्नु साथै शेयर सदस्य लगायत संस्थामा कारोवार गर्ने व्यक्तिहरुले आफ्नो शेयर बचत तथा ऋण लगानीको अवस्थाको बारेमा सहकारी चेतनामा कमी हुनु ठगीको मुख्य कारण हो । संस्था स्वतन्त्र र स्वायत्त हो भन्ने गर्भबाट पनि यस्ता प्रवृत्ति विकास भएको पाइन्छ । डिभिजन कार्यालयलाई नटेर्ने कारणले पनि यस्ता समस्या बढेका छन् ।सहकारीहरुले आफ्नो स्तर सुधार्न के गर्नुपर्छ ? कस्तो आचारसंहिताको पालना गर्नुपर्छ ?प्रत्येक वर्ष समयमै लेखा परिक्षण स्वीकृति र साधारण सभा पौष मसान्त भित्र गरिसक्नु पर्छ र साधारण सभा पारदर्शी हुनुपर्छ । दुईपटक भन्दा बढी एउटै सञ्चालक समिति नरहने व्यवस्था गर्नुपर्छ । आर्थिक कारोवार गर्न दक्ष कर्मचारीको व्यवस्था र हिसाव पारदर्शी बनाउनुपर्छ । शेयर सदस्यदेखि अध्यक्षसम्म सुशासनमा रहने व्यवस्था गर्ने र आचारसहिंता लागू गर्नुपर्छ । ऋण लगानीमा विशेष सजगता अपनाउने, पर्याप्त धितो बिना ऋण लगानी नगर्ने, १० लाख भन्दा माथी ऋण लगानीमा धितो मूल्यांकनकर्ताको व्यवस्था गरी सो अनुसार काम गर्नुपर्छ । सहकारीले आफ्नो स्तर सुधारका लागि शिक्षा तथा तालिमको व्यवस्था गरी सहकारी चेतना बढाउनु अत्यन्त आवश्यक देखिन्छ ।डिभिजन सहकारी कार्यालयमा निरन्तर नियमन र अनुगमनका लागि कर्मचारीको संख्या नपुगेको गुनासो छ नी ?डिभिजन कार्यालयमा हाल रहेका जनशक्ति ज्यादै न्यून रहेका छन् । ९१० जना कर्मचारीले कार्यालयको दैनिक नियमित कार्यसञ्चालन गर्नुपर्ने बाध्यता रहिआएको छ । गुनासो सुन्ने डेक्समा कानुन अधिकृतको व्यवस्था हुनुपर्ने देखिन्छ भने अनुगमन तथा निरिक्षण गर्ने पनि छुट्टै डेक्स भएमा मात्र यो कार्य प्रभावकारी रुपमा सञ्चालन हुन सक्दछ । समय सापेक्ष सहकारी ऐन, नियम, मापदण्ड मा सुधार गरी पर्याप्त अधिकार सहित अनुगमन, निरिक्षण गर्ने पद्दतिको विकास हुनुपर्ने देखिन्छ । स्तरीय कर्मचारी र संख्यात्मक कर्मचारीको कमीले पनि अनुगमन तथा निरिक्षण प्रभावकारी र उद्देश्यमुलक हुन नसकिरहेको कुरा यथार्थ हो ।डिभिजन कार्यालयका आगामी योजना के छ ? पुर्व सहकारी शिक्षा तालिम सञ्चालन हाम्रो प्राथमिकतामा परेको छ । यसका साथै सचेतना तालिम सञ्चालन, आधारभूत व्यवस्थापन तालिम, आधारभूत लेखापालन तालिम, संस्थाको दर्ता खारेजी र एकिकरण साथै तरलता मापन, सहकारी व्यवसाय प्रर्वद्धन गोष्ठी, लेखा परिक्षण गोष्ठी, सहकारी संस्थाहरुको सघन अनुगमन तथा निरिक्षण, सहकारी संस्थाहरुको सहभागितात्मक प्रगती समीक्षा तथा कार्यालयको रेकर्ड व्यवस्थापन गर्ने आगमी योजना रहेको छ ।